गण्डकीको घाइते खेलाडी प्रेमलाई भलिबल प्रेमीको आर्थिक सहयोग

पाेखरा | असोज ३१, २०७९

गण्डकीको घाइते खेलाडी प्रेमलाई भलिबल प्रेमीको आर्थिक सहयोग

 पोखरा :  भलिबल खेलको दौरानमा घाइते भएका गण्डकी प्रदेशका खेलाडी प्रेम बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

 

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेलको क्रममा घाइते भएका गण्डकी भलिबल टिमका खेलाडी  कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

 

गण्डकी प्रदेश र बागमती प्रदेशविच भएको उद्घाटन खेलको क्रममा कुमालको बायाँ खुट्टा भाँच्चिएको थियो । उनलाई सोमबार एक कार्यक्रमका विच नगद १ लाख ३३ हजार ५ सय ५५ आर्थिक सहयोग गरिएको गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

 

उक्त सहयोग रकम मध्ये गैर आवाशिय नेपाली संघ (एनआरएनए)भलिबल टिमले ५५ हजार ५५५ हजार प्रदान गरेको छ । त्यसै गरी अन्य सहयोगीहरुमा हङकङका विष्णु गुरुङ र खड्क गुरुङले समान १०÷१० हजार, महेन्द्र छन्त्यालले १० हजार, राजु केसी हाल अमेरिकाबाट १० हजार, गल्कोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसी, जिवन खड्का क्षेत्री, दुत पुन मगर, निरञ्जन श्रेष्ठले समान ५÷५ हजार, टिपटप हेल्प नेपाल काठमाण्डौका अध्यक्ष बाशु श्रेष्ठले नगद १५ हजार र रमेश विकले नगद ३ हजार सहयोग गरेका छन् ।

 

घाइते खेलाडी प्रेमको सहयोगका लागि पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल संघका सल्लाहकार तथा पर्वत क्लव हङकङका अध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा गठित सहयोग समितिले स्वदेश तथा विदेशबाट रकम संकलन गरेको थियो ।

 

तनहुँ शुक्ला गण्डकी नगरपालिका वाड नं १० का २२ वर्षिय प्रेमको घरको आर्थिक अवस्था कमजोर रहेको र उनको सहयोगका लागि सबै संग अपिल गरिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । हाल उनको उपचार भइरहेको भए पनि निको हुन भने केही समय लाग्ने कावा अध्यक्ष श्रेष्ठले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्